काठमाण्डौं : पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका तत्कालिन सभापति स्वर्गीय गिरिजाप्रसाद कोईरालाको ९५ औं जन्मजयन्ती बिभिन्न कार्यक्रम गरि मनाइदै छ ।

कोइरालाका बुवा कृष्णप्रसाद कोइरालालाई तत्काकालिन राणा शासकहरुले निर्वासनमा पठाएका बेला विसं १९८१ असार १८ गते भारतको बिहारस्थित सहर्सा जिल्लामा जन्म भएको थियो । २०६२– ६३ सालको जनआन्दोलनका नायक तथा सफल राजनेताका उपनामले चिनिने गिरिजाप्रसाद कोइरालाको ८६ बर्षको उमेरमा २०६६ साल चैत ७ गते निधन भएको थियो । ।

नेपाली काँग्रेस र प्रधानमन्त्रीका रुपमा सबैभन्दा धेरै पटक देशको नेतृत्व गरेका कोइरालाले तत्कालिन बिद्रोही नेकपा माओवादीलाइ शान्ति प्रक्रियामा ल्याइ देशमा गणतन्त्र स्थापनाका लागि गरेको त्याग लाइ राजनीतिक बृतमा महत्वपुर्ण कदमका रुपमा लिइन्छ।


उनी २०४८ साल जेठ १२ गते नेपालको निर्वाचित प्रधानमन्त्री बनेका थिए । २०५३ सालमा सम्पन्न नवौं महाधिवेशनबाट उनी पहिलोपटक नेपाली कांग्रेसको सभापति चयन भए । २०५७ सालमा उनी दोस्रोपटक पार्टी सभापति चयन भएका थिए । जनआन्दोलनपछि उनले राष्ट्रप्रमुख र सरकार प्रमुख दुवैको कार्यभार सम्हाल्ने मौका पाएका थिए ।