काठमाडौंः आज १११ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाउने थालिएको हो ।

नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय गरिएको छ ।


आजका दिन विश्वभर विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा महिलाहरुको सक्रिय सहभागीता र नेतृत्वको प्रशंसा गरिन्छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २४ गते सोमबार, १०:५८