काठमाडौंः आज नेपालमा थप २१६ जना कोरोनामुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै १ हजार ४०२ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

आज विभिन्न अस्पतालबाट ९ जना महिला र २०७ जना पुरुष गरी २१६ जना पुरुष डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिए ।

हालसम्म डिस्चार्ज हुनेमा १२३ महिला र १ हजार ७९ जना पुरुष रहेका छन् ।


प्रकाशित मितिः शुक्रबार, असार ५, २०७७, १८:१६