काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला २ सय र चाँदीको ५ रुपैयाँले बढेको हो ।

शुक्रबार ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार २ सयले बढेर ९४ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, असोज १८, २०७७, ११:१९