काठमाडौंः आज नेपालमा थप ३६ जना कोरोनामुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै ९१३ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

आज विभिन्न अस्पतालबाट कूल १६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिए ।

हालसम्म डिस्चार्ज हुनेमा ९१ महिला र ८२२ जना पुरुष रहेका छन् ।


प्रकाशित मितिः शनिबार, जेठ ३१, २०७७, १६:१९