काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५९७ जनाको पीसीआर परीक्षणमा ४ हजार ८३१ जना र ९६३ जनाको एन्टिजेन परीक्षणमा ९७ जना गरी ४ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार २४६ जना पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ५९ जना र सक्रिय संक्रमित ३४ हजार ११७ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ८० हजार १६७ पुगेको छ ।



प्रकाशित मितिः २०७८ साल वैशाख १६ गते बिहीबार, १८:०२