काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर परीक्षणमा ५ हजार ६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार २७९ जना पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ५५ जना र सक्रिय संक्रमित ३८ हजार ८१३ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।



प्रकाशित मितिः २०७८ साल वैशाख १७ गते शुक्रबार, १६:४२