काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलामा ६ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

मंगलबार ९५ हजार ८ सयमा कारोबार भएको छापावाला सुन बुधबार ६ सयले बढेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९५ हजार ९ सयमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, भदौ २४, २०७७, १०:४४