काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ जनाको पीसीआर परीक्षणमा ७ हजार ५८७ जना र ५७१ जनाको एन्टिजेन परीक्षणमा ७३ जना गरी ७ हजार ६६० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ४१७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा २५३ जना र सक्रिय संक्रमित ५९ हजार ७९८ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ८७ हजार ७९० पुगेको छ ।

प्रकाशित मितिः २०७८ साल वैशाख २१ गते मंगलबार, १७:२४