काठमाडौंः आज नेपालमा थप ९ जना कोरोनामुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै १ हजार १६७ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

आज विभिन्न अस्पतालबाट ९ जना पुरुष डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिए ।

हालसम्म डिस्चार्ज हुनेमा ११२ महिला र १ हजार ५५ जना पुरुष रहेका छन् ।


प्रकाशित मितिः बुधबार, असार ३, २०७७, २०:५२