आणविक परीक्षणस्थल नष्टगर्ने उत्तर कोरियाली घोषणाको दक्षिणद्वारा स्वागत







सोलः आणविक हतियारहरुको परीक्षण गर्ने गरिएको स्थल भत्काएर नष्टगर्ने भनी उत्तर कोरियाले गरेको घोषणाको दक्षिण कोरियाले स्वागत गरेको छ ।

परीक्षणस्थल भत्काउन लागिएको र त्यसका लागि केही विदेशी विज्ञहरुलाई समेत आमन्त्रण गर्न सकिने जानकारी उत्तर कोरियाले दिएको थियो।

यही मे २३ देखि आणविक परीक्षणस्थल नष्टगर्ने कार्यको सुरुआत गरिने जानकारी उत्तर कोरियाली सरकारले जनाएको छ।

आणविक परीक्षण गर्ने स्थललाई भत्काउने पनि एउटा सकारात्मक कार्य हो । उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्ने प्रक्रियालाई अघि बढाएको कदम स्वागत योग्य रहेको दक्षिण कोरियाले


जनाएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा आणविक विषय नै उत्तर कोरियासँगको प्रमुख विषय हो, त्यसैले यस विषयमा आएका सकारात्मक क्रियाकलापहरुले आगामी दिनका लागि पनि मार्ग प्रसस्त गर्ने उल्लेख छ।




ताजा समाचार


विशेष समाचार