काठमाडौंः आत्मघाती गोलको उपहारले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा आत्मघाती गोलको उपहारबाट युनाईटेडले वेस्ट ह्यामलाई १–० ले पराजित गर्दै जित निकालेको हो ।

खेलको ५३ औं मिनेटमा वेस्ट ह्यामका क्राग डसनले आत्मघाती गोल गरेका थिए । जुन गोल युनाईटेडको जितमा निर्णायक बन्यो ।

जितसँगै युनाईटेड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । युनाईटेडले २९ खेलमा ५७ अंक जोडेको छ । यस्तै, वेस्ट ह्याम ४८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २ गते सोमबार, ०७:०६