काठमाडौंः गायक आनन्द खत्रीको ‘तिम्रो बोलीले…’ गीतको भिडियो हालै सार्वजनिक भएको छ ।

आनन्द खत्री एण्ड फ्रेण्ड्सको प्रस्तुति ‘तिम्रो बोलीले…’ मा गायक खत्री कै शब्द, संगीत, विवेक शाक्यको संगीत एरेन्ज रहेको छ ।

माया प्रेममा आउने उतार चढावलाई मीठो शब्दमा तयार गरिएको गीतलाई गायक खत्रीले निकै नै मीठो लोक पप भाकामा तयार पारेका छन् । यूवापुस्तालाई विशेष ध्यान दिएर कोरिएको शब्दहरुमा उतिकै मिठास स्वरले भरेका छन् खत्रीले ।

गीतको भिडियोमा अनु खड्का, क्रिसल श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन् भने उनीहरुलाई सन्तोष केसी, पर्ल शाक्य, युजन श्रेष्ठ, रंजित महतले अभिनयमा साथ दिएका छन् ।


भिडियोमा अनु खड्काको कोरियोग्राफी, प्रजिता श्रेष्ठ र स्रिष्टीना श्रेष्ठको श्रृङ्गार, आयुष महतको ड्रोन अपरेट, विबेक शाक्यको छायांकन, सम्पादन, कलरिङ तथा निर्देशन रहेको छ ।

गीतको भिडियो गायक खत्रीको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल मंसिर ६ शनिबार, १९:३७