काठमाडौंः कोरोना भाइरसको फैलिएको त्रासका कारण नेपाली वायुसेवा सञ्चालकहरूको चालु वर्ष आन्तरिक हवाई क्षेत्रमा करिब चार अर्ब रुपैयाँ बराबरको आम्दानी गुम्ने भएको छ ।

वायुसेवा सञ्चालक संघले सन् २०२० को पहिलो दुई महिनामा ४० प्रतिशतले विदेशी पर्यटक घटेकाले आन्तरिक हवाई रुटमा उक्त रकम बराबरको नोक्सान हुने अनुमान गरेको हो  ।

संघका प्रवक्ता योगराज कँडेलका अनुसार आउँदो वसन्तकालीन सिजनका बुकिङ धमाधम रद्द हुन थालेका छन् । यसका कारण कम्तीमा ६ महिना हवाई क्षेत्रमा प्रभाव परिरहने संघको दाबी छ ।

संघले सरकारसँग एयरलायन्सलाई जोगाउन बैंकहरुलाई बुझाउनुपर्ने ब्याजलाई राष्ट्र बैंकमार्फत रि–फाइनान्स गरी भुक्तानी व्यवस्था मिलाइदिन माग गरेको छ ।


। त्यस्तै विभिन्न बैंक तथा वित्तीय निकायबाट एयरलायन्सले लिएको अमेरिकी डलर वा नेपाली रुपैयाँको ऋणको साँवालाई पुनर्तालिकीकरण र पुनर्संरचनाको व्यवस्था गर्न माग गरेका छन् । यो समाचार आजको कान्तिपुर मा छ ।


प्रकाशित मितिः शनिबार, फागुन २४, ०७:५६