काठमाडौं: विपी राजमार्गमा ठूला गाडी संचालनमा रोक लगाएको विरुद्ध उत्रिएका व्यावसायीले मन्थलीमा मानव साङ्गलो बनाएका छन् । विपी राजमार्गको सिन्धुली खुर्काेट खण्डमा ठुला बस र मालवाहक गाडी संचालनमा रोक लगाउने सर्वोच्च अदालतकोे अन्तरिम आदेश पछि आन्दोलनमा उत्रिएका व्यवसायीहरुले मंगलवार सदरमुकाम मन्थलीमा मानव साङ्गलो निमार्ण गरेका हुन् ।

बिगत एकहप्ता देखी आन्दोलनमा उत्रिएका मन्थलीका व्यवसायीहरुले बजारको मुख्य सडकलाई मानव साङ्गलोले बेरेर विरोध प्रर्दशन गर्दै सर्वोच्च अदालतको ध्यानकर्षण गराएका थिए । उनीहरुले राज्यले रामेछापलाई मात्रै लक्षित गरी विपी राजमार्गमा ठूला यातायातका साधन संचालनमा अवरोध पुर्याइरहेको बताएका छन् ।


। सर्वोच्च अदालतले समेत त्यस निर्णयको समर्थन गरी विपी राजमार्गमा ठूला गाडी संचालन गर्न नदिन अन्तरिम आदेश गरेपछि १५ दिन देखी मन्थलीमा चल्ने ठूला मालवाहक गाडी र यात्रुवाहक बस चल्न सकेका छैनन् ।

मालवाहक गाडी र यात्रुवाहक बस चल्न नसके पछि मन्थलीमा दैनिक उपभोग्य सामाग्री र निमार्ण सामाग्रीको मूल्य दुई गुणासम्म बृद्धि भएको छ । सर्वोच्चको आदेश पछि सिन्धुली प्रशासनले स्थानीय चियावारी बजारदेखी खुर्कोटको अँधेरी पुलसम्म ठूला यातायातका साधन संचालनमा रोक लगाएको हो । रामेछाप उद्योग वाणिज्य संघले संस्थागत रुपमा त्यसको विरुद्धमा निरन्तर रुपमा आन्दोलीत हुँदै आएको छ ।