अछाम : प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरालाई आफ्नै गाउँलेहरुले कालो झन्डा देखाउदै लखेटेका छन्।

आइतबार भेटघाट कार्यक्रमको लागि रामारोशन गाउँपालिका स्थित आफ्नो गाउँ मुजा पुग्दा मन्त्री बोहोरालाई स्थानीय नेताकार्यकताहरुले लखेटेका हुन्।
बोहोरा पुग्ने बित्तिकै स्थानीय नेता–कार्यकर्ता र जनताले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेपछि कार्यक्रम बिथोलिदिएका थिए।

आगामी आर्थिक वर्षको बजेटमा मन्त्री बोहोराले मनोमानी रुपमा योजना र बजेट विनियोजन गरेको, चुनावको बेला जनतासँग गरेको प्रतिवद्धता लाइ ख्याल नगरिएको, आफ्नो र स्वकीय सचिवको गाउँमा आवश्यकभन्दा बढी योजना पारेको भन्दै मन्त्री बोहोरालाई भटघाट कार्यक्रममै कालोझण्डा देखाउँदै कार्यकर्ताले लेखेटेका थिए।


मुजाबगर बजारबाट लखेटिएका मन्त्री बोहोरा असुरक्षा भएको भन्दै अछामबाट कैलालीतिर फर्किएका छन।