सल्यानः सिद्धकुमाख गाउँपालिका–२ कुईयाझोलमा आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् ।

आफ्नै बुवा ५१ वर्षीय बुदे बिकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २१ वर्षीय सुरज बिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

सामान्य विवादको कारण सुरजले आफ्नै बुवालाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः आइतबार, वैशाख १४, १५:४६