बाँकेः आफ्नै सहोदर भाई १७ वर्षीय रहिस खाँको टाउकोमा लाठी प्रहार गरी हत्या गरेको अभियोगमा नरैनापुर गाउँपालिका–४ नरैनापुर बस्ने ३० वर्षीय ईसाईल खाँलाई प्रहरीले सोमबार बेलुका पक्राउ गरेको छ ।

सोही ठाउँस्थित वारीसी बाबा सामुदायिक वनमा गएको अवस्थामा ईसाईलले लाठी प्रहार गर्दा रहिसको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नैनापुर र इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले ईसाईललाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २८ गते मंगलबार, १३:२३