सुनसरीः सुनसरीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै श्रीमती ३२ वर्षीया छाया थापा मगरको कुटपिट गरी हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका–१५ बस्ने ४२ वर्षीय गोपाल मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

गोपालले कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि धरान घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १८ मंगलबार, १९:३८