बर्दियाः आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका–९ माछागढ बस्ने ४४ वर्षीय पुरुषलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती पुरुषले ४१ वर्षीया श्रीमतीलाई कुटपिट समेत गरी जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १० बुधबार, १३:०४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook