सल्यानः कपुरकोट गाउँपालिका–५ पाङराङमा आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतिलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै श्रीमान ५३ वर्षीय राम बहादुर कामीलाई काठको पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा ३६ वर्षीया ईश्वरी कामीलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको कारण ईश्वरीले आफ्नै श्रीमानलाई पिर्का प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १९ बुधबार, १८:४६