उदयपुरः उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ चौकीबारीमा शुक्रबार राति आमा छोरीको हत्या भएको छ ।

हत्या हुनेमा स्थानीय ३२ वर्षीया सारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार मृतक दुवैको धारिलो हतियार प्रयोग गरेर हत्या भएको हो ।

मृतक सारदाको श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका छन् । हत्या किन र कसले गरेको भन्ने अहिलेसम्म केही खुल्न सकेको छैन् । हत्यामा संलग्नको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

धरानबाट तालीमप्राप्त कुकुर झिकाएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताए ।


 


प्रकाशित मितिः शनिबार, असोज २५, ११:५४