काठमाडौंः आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहले घोषणा गरेको आम हड्तालको प्रभाव देशभरका सहरी क्षेत्रमा देखिएको छ ।

बिहानैदेखि सार्वजनिक सवारी साधनन चलेका छैनन् । मानिस हिँडेर नै गन्तब्यतिर लागेका देखिन्छन् । काठमाडौं उपत्यकामा दूध, तरकारीलगायतका अत्यावश्यक सेवाका गाडी र निजी गाडी फाट्ट फुट चलिरहेका छन् । बिहान मुख्य नाका नागढुंगा भएर आउने केही रात्री बस काठमाडौं भित्रिएको प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयले सवारी सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आह्वान गरेको थियो । यद्यपि, व्यवसायीहरुले सञ्चालन गरेनन् ।

ठाउँ ठाउँमा प्रर्दशनकारी भेला भएर नाराबाजी गरेका छन् ।


। मानिस भेला भएर शान्तिपूर्ण नाराबाजी गर्नेलाई प्रहरीले निगरानी गरेको छ भने बन्द आह्वान गर्दै हिँड्ने पक्राउ परेका छन् ।

सडक र गाडीमा केही अवरोध हुन सक्ने आशंकामा बिहानदेखि चोक/चोकमा बाक्लो संख्यामा प्रहरी खटिएका छन् । आम हड्तालका कारण बिहानैदेखि काठमाडौं उपत्यकाभित्र बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

काठमाडौं उपत्यकालाई विषेश राखेर सुरक्षा व्यवस्था मिलाइएको छ ।

शान्तिपूर्ण आन्दोलन गर्ने समूहलाई केही नगर्ने तर तोडफोड, आगजनी अवरोध गरे तत्कालै नियन्त्रणमा लिने सुरक्षाा रणनीति देखिएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २२ गते बिहीबार, ११:३१