काठमाडौंः आयुर्वेद क्याम्पस कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियनले अनिश्चितकालका लागि तालाबन्दी गरेका छन् ।

प्राज्ञिक विशिष्टता एवं वरिष्ठताको आधारमा क्याम्पस प्रमुखको नियुक्तिको माग राख्दै तालाबन्दी गरिएको हो । १७ बुँदे मागबारे गत जेठ ४ गते भएको सहमति अनुसार हालसम्म पनि कुनै माग कार्यान्वयन नभएकाले तालाबन्दी गरेको बुझिएको छ ।

त्रिविले तीन महिना अगाडि नियम विपरीत तीन महिनाका लागि नवौं वरीयताका डा शिवमंगलप्रसाद साहलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको थियो। तर, यस अवधिमा क्याम्पसको स्थिति झन् बिग्रेको र क्याम्पसको कोष र मानव संशाधनको दुरुपयोग गरेका प्रमुखले पटक(पटक राजनीतिक आस्था बदलेको समेत विद्यार्थीले आरोप लगाएका छन् ।