काठमाडौंः जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिगले फराकिलो जित निकालेको छ ।

आइतबार भएको खेलमा लाइपजिगले माइन्जमाथि ५–० को फराकिलो जित निकालेको हो ।

लाइपजिगका लागि टिमो वर्नरले ह्याट्रिक गरे । यस्तै युसुफ पुल्सेन र मार्सेल सबिट्जरले एक एक गोल गरे ।

खेलको ११ औं मिनेटमा वर्नरले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाएका थिए । २३ औं मिनेटमा युसुफले लाइपजिगको अग्रता दोब्बर बनाए । ३६ औं मिनेटमा मार्सेलले गोल गर्दै ३–० ले अग्रता दिलाए ।

४८ औं मिनेटमा वर्नरले व्यक्तिगत दोस्रो गोल गर्दै लाइपजिगलाई ४–० को दिलाए । ७५ औं मिनेटमा ह्याट्रिक पुरा गर्दै टोलीलाई ५–० को जित दिलाए ।


जितसँगै लाइपजिगले २७ खेलबाट ५४ अंक जोडेदै लिगको तेस्रो स्थानमा रहेको छ । २७ अंक जोडको माइन्ज १५ औं स्थानमा रहेको छ ।


प्रकाशित मितिः सोमबार, जेठ १२, ११:०६