काठमाडौंः वैदेशिक रोजगारका लागि दक्षिण कोरियामा रहेका गायक भिम थापा मगरको स्वर रहेको ‘आर्गनिक माया’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

डीपी खनालको शब्द तथा धनु ज्ञाङ्मी मगरको संगीत रहेको गीतको भिडियो चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा सुजन र ‘वुगी वुगी’की विजेता कविता नेपालीको अभिनय रहेको छ । प्रकाश खतिवडाको छायाँकन रहेको भिडियोमा एकान्त मगरको सम्पादन एवम निर्देशन रहेको छ ।

भोजपुरमा जन्म लिई हाल वैदेशिक रोजगारका लागि दक्षिण कोरियामा पसिना बगाउँदै गीत संगितमा रमाइरहेका गायक भिमले आजका युवा पुस्ता धेरै जसो रोमान्टिक डान्समा कम्मर भाची–भाची नचाउने खालको गीत मन पराउने भएकाले ‘आर्गनिक माया’ लाई युवा पुस्ताहरुले मन पराउने विश्वास ब्यक्त गरे ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः आइतबार, मंसिर १, १२:१०