काठमाडौंः विभागीय टिम त्रिभुवन आर्मी क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आज न्यु डाइमण्ड स्पोर्ट्स क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मीले न्यु डाइमण्डमाथि २५–१७, २०–२५, २५–२३, १५–२५ र १५–१२ को सेटमा जित निकालेको हो ।

महिलातर्फ नै आज एपीएफ क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन् ।

पुलिसले मेट्रो खेलकुद परिषदलाई २५–४, २५–८ र २५–१२ ले पराजित गरेको छ ।

यस्तै, एपीएफले ढोरपाटनलाई २५–३, २५–९ र २५–५ ले पराजित गरेको छ ।



प्रकाशित मितिः २०७७ साल चैत २० गते शुक्रबार, १६:३६