काठमाडौंः विभागीय टिम त्रिभुवन आर्मी क्लबले पाचौं संस्करणको राईनो गोल्डकप फुटबलको उपाधि जितेको छ ।

नवलपुरको मध्यविन्दु रंगशालामा बुधबार भएको फाइनल खेलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

आर्मीका लागि सुदिल राईले निर्णायक गोल गरे ।

खेलको सातौं मिनेटमा राईले निर्णायक गोल गर्दै आर्मीलाई सिजनको पहिलो उपाधि दिलाएका थिए ।

उपाधिसँगै आर्मीले १० लाख नगद पुरस्कार प्राप्त गर्दा उप विजेता भएको पुलिसले पाँच लाखमा चित्त बुझायो ।

आर्मीले सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई ५–१ ले र पुलिसले च्यासल युथ क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा पुगेका थिए ।


प्रतियोगितामा आर्मीका सुमन अर्याल प्लेयर अफ दी टुर्नामेन्ट चुनिदा सर्वाधिक गोलकर्ता पुलिसका बुद्ध बल तामाङ बने भने फेयर प्ले अवार्ड हिमालयन शेर्पा क्लबले जितेको छ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।


प्रकाशित मितिः बिहीबार, फागुन १५, ०६:४४