काठमाडौंः विभागीय टिम त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा दोस्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई १०–० ले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो ।

आर्मीका लागि शर्मिला थापा र रश्मी घिसिङले समान ४र४ तथा विमला चौधरी र सपना लामाले एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमै विमलाले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । १५ औं मिनेटमा शर्मिलाले गोल गर्दै आर्मीलाई २–० को अग्रता दिलाइन्। ३५ औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ३–० को अग्रता दिलाइन् । ४५ औं मिनेटमा सपनाले गोल गर्दै पहिलो हाफमा आर्मी ४–० ले अघि रह्यो ।


५१ औं मिनेटमा शर्मिलाले गोल गर्दै ह्याट्रिक पुरा गर्दा आर्मीलाई ५–० को अग्रता दिलाइन् । ५९ मिनेटमा रश्मीले गोल गर्दै आर्मीलाई ६–० को अग्रता दिलाइन् । ६२ औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ७–० को अग्रता दिलाइन् । ६४ औं मिनेटमा शर्मिलाले व्यक्तिगत चौथो गोल गर्दै आर्मीलाई ८–० को अग्रता दिलाइन् । ६६ औं मिनेटमा रश्मीले ह्याट्रिक पुरा गर्दा आर्मीलाई ९–० को अग्रता दिलाइन् । त्यसपछि ७५ औं मिनेटमा रश्मीले व्यक्तिगत चौंथो गोल गर्दै आर्मीलाई १०–० को जित दिलाईन् ।

जितसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले ४ खेलमा ७ अंक जोडेको छ । चन्द्रपुर ४ खेलमा ३ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १६ गते शुक्रबार, १६:४९