काठमाडौंः बागमती प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

आर्मीले दिएको २३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमती ४० ओभर २ बलमा अलआउट हुँदै १ सय ३५ रनमा समेटियो ।

बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४७, विपिन आचार्यले २३, आदील खानले १०, नन्दन यादवले अविजित २२ रन बनाए ।

आर्मीका जितेन्द्र मुखियाले ४ तथा सुशन भारी र बिक्रम शोबले ३/३ विकेट लिए ।


यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो ।

आर्मीका लागि राजेश पुलामीले ६५, भिम सार्कीले ४०, बिक्रम सोबले ३५, लोकेश बमले २३, सुशन भारीले १६ र कप्तान विनोद भण्डारीले १० रन बनाए ।

बागमतीका गौतम केसीले ५ तथा राम नरेश गिरि, नन्दन यादव,तिलक भण्डारी र विपिन आचार्यले १/१ विकेट लिए ।

अब आर्मीले उपाधिका लागि शनिबार एपीएफ क्लबसँग खेल्नेछ ।


प्रकाशित मितिः २०७७ साल माघ १५ गते बिहीबार, १६:२३