एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ ।

सोमबार राति भएको खेलमा आर्सनलले न्युकासललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले दुई गोल गरे । बुकायो साकाको नाममा एक गोल रह्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा औबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

खेलको ६० औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा औबामियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३(० को सहज जित दिलाए ।

जितसंगै आर्सनल लिगको दशौँ स्थानमा उक्लिएको छ ।


आर्सनलले १९ खेलमा २७ अंक जोडेको छ ।

न्युकासल १९ अंक जोडेर १५ औं स्थानमा रहेको छ


प्रकाशित मितिः ६ माघ २०७७, मंगलबार, ०७:४२