काठमाडौंः आर्सनलले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलले बेल्जियन क्लब स्टान्डर्ड लिजमाथि ४–० को सहज जित निकालेको हो ।

आर्सनलका लागि ग्याब्रियल मार्टिनेलीले दुई तथा जोसेफ विललक र ड्यानियल सेवालसले समान १–१ गोल गरे ।

खेलको १३ औ मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । १६ औं मिनेटमा मार्टिनेलीले ब्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारेका थिए । २२ औं मिनेटमा जोसेफले गोल गर्दै आर्सनलको अग्रता तेब्बर पारेका थिए । ५७ औं मिनेटमा सेवालसले गोल गर्दै आर्सनललाई ४–० को सहज जित दिलाए ।

जितसँगै आर्सनल समुह ‘एफ’ मा २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।


। स्टान्डर्ड ३ अंकसहति तेस्रो स्थानमा छ ।

यही समूहको अर्को खेलमा जर्मन क्लब फ्रान्कफर्टले पोर्चुगलको भिक्टोरिया डि गुइमारेसलाई १–० ले पराजित गरेको छ ।

जितसँगै फ्रान्कफर्ट २ खेलबाट ३ अंकसहति दोस्रो स्थानमा उक्लिएको छ । गुइमारेस अंकविहीन हुदै पुछारमा छ ।


प्रकाशित मितिः शुक्रबार, असोज १७, १०:२३