काठमाडौंः इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा सुखद सुरुवात गरेको छ ।

समूह चरणको पहिलो खेलमा बिहीबार राति अष्ट्रियन क्लब रापिड विएनलाई २–१ ले पराजित गर्दै आर्सनलले सुखद सुरुवात गरेको हो ।

आर्सनलका लनागि डेभिड लुइज र पिएरे एम्रिक औबामियाङले एक एक गोल गरे । यस्तै, रापिडका लागि ट्याक्सीअरचिस फोन्टसले एक गोल गरे ।

खेलको ५१ औं मिनेटमा फोन्टसले गोल गर्दै घरेलु टोली रापिडलाई अग्रता दिलाएका थिए । ७० औं मिनेटमा लुइजले गोल गर्दै आर्सनललाई बराबरीमा ल्याए । त्यसपछि ७४ औं मिनेटमा औबामियाङले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ७ शुक्रबार, ०६:४७