काठमाडौंः इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा ग्रीसको ओलम्पियाकोसलाई पराजित गरेको छ ।

बिहीबार राति ओलम्पियाकोसको मैदानमा भएको खेलमा आर्सनलले ओलम्पियाकोस ३–१ ले पराजित गरेको हो ।

आर्सनलका लागि मार्टिन ओएडेगार्ड, गाब्रियल र मोहमद एल्नेनीले एक एक गोल गरे । यस्तै, ओलम्पियाकोसका लागि युसुफ एल अराबीले एक गोल गरे ।

खेलको ३४ औं मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा युसुफले गोल गर्दै खेल बराबरीमा ल्याए । ८० औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए । त्यसपछि ८५ औं मिनेटमा मोहमदले गोल गर्दै आर्सनललाई ३–१ को सहज जित दिलाए ।


अब दोस्रो लेग खेल आर्सनलको घरेलु मैदानमा मार्च १८ मा हुनेछ ।


प्रकाशित मितिः २०७७ साल फागुन २८ गते शुक्रबार, ०७:१०