काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र क्रिस्टल प्यालेसले अंक बाँडेका छन् ।

शनिबार भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग १–१ को बराबरीमा खेलेपछि अंक बाँडेका हुन् ।

आर्सनलका लागि पिएरे एम्रिक औबामियाङले एक गोल गरे भने क्रिस्टलका लागि जोर्डन एयुले एक गोल गरे ।

खेलको १२ औं मिनेटमा औबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर, ५४ औं मिनेटमा क्रिस्टल एयुले गोल गर्दै
खेल बराबरीमा पुर्‍याएर अंक खोस्न सफल भए ।

यस्तै खेलको ६७ औं मिनेटमा औबामियाङले रातो कार्ड पाउँदा आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

बराबरीसँगै आर्सनल २२ खेलबाट २८ अंकसहित लिगको दशौं स्थानमा छ ।


। क्रिस्टल २९ अंकसहित नवौं स्थानमा छ ।


प्रकाशित मितिः आइतबार, पुस २७, १०:०८