काठमाडौंः आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको सातौं स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा वुल्भ्सलाई २–० ले पराजित गर्दै आर्सनल सातौं स्थानमा उक्लिएको हो ।

वुल्भ्सको मैदानमा आर्सनलका लागि बुकायो साका र एलेक्सजेन्डर लाकाजेट्ले एक एक गोल गरे ।

खेलको ४३ औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा लाकाजेट्ले गोल गर्दै आर्सनललाई २–० को जित दिलाए ।

जितसँगै आर्सनलले ३३ खेलमा ४९ अंक जोडेको छ । ५२ अंक जोडेको वुल्भ्स छैटौं स्थानमा रहेको छ ।


प्रकाशित मितिः आइतबार, असार २१, २०७७, ०८:०६