गौरः बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमले घटना अस्वीकार गरेको समाचार आजको गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा बुधबार बयान दिने क्रममा आलमले घटना हुँदै नभएको भन्दै आफूमाथिको अभियोग अस्वीकार गरेका हुन् ।

बम विस्फोटको कुनै घटना नै नभएको विषयमा आफूलाई राजनीतिक पूर्वाग्रहका कारण फसाउन खोजिएको बयान उनले दिएका हुन् ।

बुधबार दोस्रो दिन बयान दिन इजलासमा पुगेका आलमलाई बम विस्फोटमा सख्त घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगसम्बन्धी प्रश्न सोधिएको थियो ।


। त्यस क्रममा इजलासले मिसिल संलग्न अभियोगपत्रसँगै प्रस्तुत विभिन्न प्रत्यक्षदर्शीले गरिदिएको कागज र बयान देखाउँदै घटनामा संलग्नताका विषयमा प्रश्न सोधेको थियो । त्यस विषयमा आलमले अस्वीकार गर्दै घटना नै नभएको दोहोर्‍याए ।


प्रकाशित मितिः बिहीबार, कार्तिक २१, ०६:५२