काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार टेलिभिजन कार्यक्रम ‘हलो प्रधानमन्त्री’ कार्यक्रमको शुभारम्भ गर्दै आलोचनालाई स्वागत गर्छु, आलोचना रचनात्मक होस्, सत्यमा आधाररित होस ।

रचनात्मक आलोचनालाई सरकारले स्वागत गर्ने बताए । सही आलोचनाले सत्य बाटो पहिल्याउन मदत गर्छ ।’ आफ्नो क्षणिक स्वार्थका लागि कसैले पनि मर्यादाको सीमा नाघ्न नहुने उनको भनाइ छ ।

निरर्थक विरोधको भने अर्थ नहुने बताउदै भने ुलोकतन्त्र भनेको छाडातन्त्र होइन, अनुशासित प्रणाली हो ।’

समाजिक सञ्जालको प्रसंगमा बोल्दै नक्कली आइडी बनाएर जथाभावी आलोचना गर्नेहरु पनि बढेको भन्दै उनले यसबारे समाज बोल्नु पर्ने उनको तर्क थियो ।