काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार ६ खेलहरु हुँदैछ ।

लिगमा शनिबार लिभरपुल, लेस्टर सिटी, वेस्टह्याम, टोटनह्याम र क्रिष्टल प्यालेसलगायतले प्रतिस्पर्धा गर्दैछन् ।

शनिबार हुने पहिलो खेलमा टोटनह्यामले ब्राइटनको सामना गर्दैछ । टोटनह्याम र ब्राइटनबीचको खेल नेपाली समय अनुसार बेलुका सवा ५ बजे सुरु हुनेछ ।

यस्तै, आज राति नै पौने आठ बजे वर्नले र एभर्टन, लिभरपुल र लेस्टर, नर्विच र एस्टोन भिल्ला तथा वाटफोर्ड र सेफिल्डबीच हुनेछ ।

त्यस्तै आजै राति सवा १० बजे वेस्टह्यामले र क्रिष्टल प्यालेससँग खेल्दैछ ।


प्रकाशित मितिः शनिबार, असोज १८, ११:५७