काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार ५ खेलहरु हुँदैछ ।

लिगमा शनिबार चेल्सी, म्यानचेस्टर युनाइटेड, आर्सनल, लेष्टर सिटीलगायतले प्रतिस्पर्धा गर्दैछन् ।

प्रिमियर लिगमा शनिबारको पहिलो खेल नेपाली समय अनुसार सवा ५ बजे नर्विच सिटी र ब्राइटनबीच आमने सामने हुनेछन् ।

यस्तै, आज राति नै पौने आठ बजे लेष्टर सिटी र क्रिस्टल प्यालेस तथा म्यानचेस्टर युनाइटेड र बर्नेमाउथबीच खेल हुनेछ ।

यसैगरी, आज राति सवा १० बजे आर्सनल र वुल्भ्सबीच खेल हुनेछ ।

प्रिमियर लिग अन्तर्गत आज रातिको अन्तिम खेलमा चेल्सी र वार्टफोर्डबीच पौने १ बजे खेल हुनेछ ।


प्रकाशित मितिः शनिबार, असार २०, २०७७, १२:३७