काठमाडौंः आयरल्याण्डविरुद्धको तीन ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्ड विजयी भएको छ ।

साउथह्याम्पटनमा बिहीबार राति भएको खेलमा इंग्ल्यान्ड आयरल्याण्डमाथि ६ विकेटले विजयी भएको हो ।

आयरल्याण्डले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २७ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

इंग्ल्यान्डको जितमा साम बिलिङ्सले अविजित रहदै ६७ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै, कप्तान इयान मोर्गनले अविजित ३६, जेम्स भिन्सले २५ तथा जासन रोयले २४ रन बनाए । आयरल्याण्डका क्रेग योङले २ तथा कर्टिस क्याम्पर र एन्डी म्याकब्रिनले १–१ विकेट लिए ।


यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ४४ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७२ रन बनाएको थियो ।

आयरल्याण्डका लागि कुर्टिस काम्फरले अविजित ५९, एन्डी मार्कब्रिनेले ४०, ग्यारेथ डेन्ली र केभिन ओुब्रायनले समान २२र२२ रन बनाए ।

इंग्ल्यान्डका डेभिड विलिले पाँच विकेट लिए । यस्तै, सकिब ममुदले २ तथा टम करन र आदिल रशिदले १–१ विकेट लिए ।

जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दोस्रो खेल अगस्ट १ मा हुनेछ ।


प्रकाशित मितिः शुक्रबार, साउन १६, २०७७, ११:१८