काठमाडौंः नेसन्स लिग फुटबलमा इंग्ल्यान्ड डेनमार्कसँग पराजित भएको छ ।

बुधबार भएको खेलमा डेनमार्कले इंग्ल्यान्डलाई १–० ले पराजित गरेको हो ।

डेनमार्कका लागि क्रिस्टियन इरिक्सनले निर्णायक गोल गरे ।

खेलको ३५ औं मिनेटमा इरिक्सनले पेनाल्टीमा गोल गर्दै डेनमार्कका लागि विजयी गोल गरेका थिए ।

इंग्ल्यान्डका ह्यारी मागुईरीले सिजनको खराब सूरुवात गर्ने क्रममा ३१ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएका थिए । यस्तै, पहिलो हाफमै १० खेलाडीमा सिमित बनेको इंग्ल्यान्डका रिस जेम्सले समेत अन्तिम समयमा रातो कार्ड पाएका थिए ।

इंग्ल्यान्ड ७ अंक सहित समूहको तेस्रो स्थानमा रहेको छ ।


। डेनमार्क समान अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

सोही समूहको अर्को खेलमा बेल्जियमले आइसल्याण्डलाई २–१ ले पराजित गरेको छ ।

बेल्जियमका लागि रोमेलु लुकाकुले दुवै गोल गर्दा आइसल्यान्डका लागि बिर्किर सायभार्सनले एक गोल फर्काए ।

जितसँगै बेल्जियम ९ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । अंक विहिन आइसल्याण्ड तालिकाको चौथो स्थानमा छ ।


प्रकाशित मितिः २०७७ साल असोज २९ बिहीबार, १२:३६