काठमाडौंः इजरायल र संयुक्त अरब एमिरेट्स (यूएई) को सम्बन्ध सामान्य बनाउने एउटा सम्झौतामा पुगेका छन् ।

योसँगै इजरायलले कब्जा गरेको वेस्ट ब्याङ्कका थप भागमा त्यसलाई विस्तार गर्ने विवादास्पद योजना रद्द गर्न सहमत भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एउटा आश्चर्यजनक वक्तव्यमार्फत् उक्त जानकारी दिएका हुन् । उनले यो सम्झौता गराउन मध्यस्थकर्ताको भूमिका खेलेका थिए ।

एक संयुक्त वक्तव्यमा राष्ट्रपति ट्रम्प, इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहू र अबुधाबीका क्राउन प्रिंस मोहम्मद अल नाहयानले यो ऐतिहासिक सफलताले मध्य पूर्वमा शान्ति बढ्ने उल्लेख गरेका छन् ।


अहिलेसम्म इजरायलको खाडीका अरब देशहरुसँग राजनीतिक सम्बन्ध थिएन । यस्तै इजरायलले वेष्ट बैंकको ठूलो हिस्सा मिलाउने आफ्नो योजना स्थगित गरेको जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, साउन ३०, २०७७, १२:३७