काठमाडौंः इजिप्टका पूर्वप्रधानमन्त्री कमल अल गान्जौरीको बुधबार निधन भएको छ ।
दुई पटक इजिप्टको प्रधानमन्त्री भएका गान्जौरीको ८८ वर्षको उमेरमा निधन भएको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।
लामो समयदेखि बिरामी भएर उपचार गराएका गान्जौरीको एयर फोर्स अस्पतालमा निधन भएको हो ।
गान्जौरीले सन् १९९६ देखि १९९९ सम्म तथा सन् २०११ मा दुई पटक प्रधानमन्त्री बनेका थिए ।
त्यसपछि सन् २०१३ मा उनलाई राष्ट्रपतिको आर्थिक मामिला सल्लाहकारमा नियुक्त गरिएको थियो ।
उनको निधनप्रति राष्ट्रपति अब्दुल फताह अल सिसिले गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रकाशित मितिः २०७७ साल चैत १९ गते बिहीबार, ०७:३९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook