विश्वकप २०१८ को आयोजक रसिया जारी फिफा विश्वकपको नकआउट चरणको नजिक पुगको छ। इजिप्टलाई ३–१ ले हराएपछि आयोजक राष्ट्र रसिया फिफा विश्वकपको नकआउट चरण नजिक पुगेको हो।

आफ्नो दोस्रो खेलमा इजिप्टमाथि जित हात पारेपछि रसियाले समूहमा ६ अंक बनाएको छ।

उद्घाटन खेलमा रसियाले साउदी अरेबियालार्इ ५औ० गोलअन्तरले पराजित गरेको थियो। इजिप्टको भने यो लगातार दोस्रो हार हो। यसअघि उ उरुग्वेसँग १-० गोलअन्तरले पराजित भएको थियो।

रसियाले ४७अौं मिनेटमा इजिप्टका अहमद फादीको आत्मघाती गोलबाट सुरुवाती अग्रता पाएको थियो। रोमन जोबनिनको सटमा फादीले आफ्नै पोस्टमा गोल गरेका थिए।

मारिया फर्नान्डेजको पासमा ५९अौं मिनेटमा डेनिस चेरिसेभले दोस्रो तथा ६२अौं मिनेटमा अर्टिम ड्ज्युबाले रसियाका लागि तेस्रो गोल गरेका थिए।


रसियाले १९९६ पछि पहिलो पटक विश्वकपमा लगातार सुरुवाती २ खेल जितेको हो।