काठमाडौंः विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण इटालीमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट थप ४९ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय शुक्रबार थप ४९ जनाको मृत्यु भए पछि इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १९७ पुगेको हो ।

त्यस्तै संक्रमित हुनेको संख्या ४ हजार ६ सय पुगेको त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बीबीसले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या इटाली चीनपछि दोस्रो बनेको छ ।

इटालीले देशभरका स्कूल कलेजसमेत बन्द गरेको छ । समाचारसंस्था रोएटर्सका अनुसार इटाली सरकारले अब सिनेमाघर र नाट्यशाला तथा सार्वजनिक कार्यक्रममा पनि रोक लगाउने तयारी गरिरहेको जानकारी पाइएको छ ।



प्रकाशित मितिः शनिबार, फागुन २४, १०:५२