काठमाडौंः विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण इटालीमा मृत्यु हुनेको संख्या १४८ पुगेको छ ।

पछिल्लो समय बिहीबार थप ४१ जनाको मृत्यु भए पछि इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको हो ।

मिलाननजिकै अवस्थित लोम्बार्ड्री क्षेत्र र उत्तरी भेगका बोलोग्ना र भेनिसनजिकैका ठाउँमा सबैभन्दा धेरै जनाको मृत्यु भएको छ ।

इटालीका सम्पूर्ण २२ क्षेत्रमा यसको संक्रमण फैलिएको पुष्टि भएको छ ।

इटालीले देशभरका स्कूल कलेजसमेत बन्द गरेको छ । समाचारसंस्था रोएटर्सका अनुसार इटाली सरकारले अब सिनेमाघर र नाट्यशाला तथा सार्वजनिक कार्यक्रममा पनि रोक लगाउने तयारी गरिरहेको जानकारी पाइएको छ ।


विश्वभर हालसम्म ३ हजार २ सय भन्दा नि बढीको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ भने ९५ हजारभन्दा बढी संक्रमित बनेका छन् ।


प्रकाशित मितिः शुक्रबार, फागुन २३, ०९:३७