काठमाडौंः फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा इटालीले नर्दन आयरल्याण्डलाई हराएको छ ।

बिहीबार राति भएको खेलमा इटालीले नर्दन आयरल्याण्डलाई २–० ले हराएको हो ।

इटालीका लागि डोमिनिको बेर्राड र सिरो इम्मोबाइलले एक एक गोल गरे ।

खेलको १४ औं मिनेटमा डोमिनिकोले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । त्यसपछि ३९ औं मिनेटमा इम्मोबाइलले गोल गर्दै इटालीलाई २–० को जित दिलाए ।

जितसँगै समूह ‘सी’ को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

यसै समूहको अर्को खेलमा स्विजरल्याण्डले बुल्गेरियालाई ३–१ ले हराएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १३ गते शुक्रबार, १०:२७