इथियोपियाका प्रधानमन्त्रीले सम्बोधन गरिरहेको यालीमा बम विस्फोट भएको छ । उक्त दुर्घटनामा धेरै मानिसहरूको ज्यान गएको अनुमान गरिए पनि पुस्ती भने भइसकेका छैनन्। राजधानी अदिस अबाबाको मुख्य चोकमा आयोजित कार्यक्रममा हजारौं मानिस सहभागी भएका थिए। प्रधानमन्त्री आबी अहमदलाई उनको भाषणलगत्तै सुरक्षित तवरले अन्यत्र लगिएको थियो।

प्रधानमन्त्रीका रुपमा पद सम्हालेको दुई महिनामा उनले सेना प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गरेका छन् । मानवअधिकार उल्लंघन भएको भन्दै उनले इथियोपियाको सुरक्षा फौजको पनि आलोचना गरेका थिए। पछिल्लो घटनालाई अहमदले ‘इथियोपियालाई एकतावद्ध देख्न नचाहने शक्तिहरूले गरेको असफल प्रयास’का रुपमा चित्रण गरेका छन्।