काठमाडौंः इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई सन् २०१९ को नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ ।

‘शान्ति प्राप्तिका र अन्तर्राष्ट्रिय समन्वय’ जुटाउन उल्लेखनीय भूमिका निर्वाह गरेका कारण उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ ।

नर्वेको राजधानी ओस्लोमा १०० औं नोबेल शान्ति पुरस्कार विजेताका रुपमा आबी अहमदको नाम शुक्रबार घोषणा गरिएको हो ।

यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि ७८ वटा संघसंस्था र २ सय २३ जना व्यक्तिहरु सहित ३ सय १ को मनोनयन परेको थियो ।

पुरस्कारस्वरुप आगामी डिसेम्बरमा विजेतालाई करिब नौ लाख अमेरिकी डलरको पुरस्कार प्रदान गरिनेछ ।


 


प्रकाशित मितिः शनिबार, असोज २५, ०९:१६